भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

देश विकासको लागि कर्मचारीहरुले संवेदनशील ढंगले काम गर्नुपर्छः मेयर प्रजापति

देश विकासको लागि कर्मचारीहरुले संवेदनशील ढंगले काम गर्नुपर्छः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल कर्मचारी समाजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो आज एक कार्यक्रमबीच सार्वजनिकीकरण गर्नुभयो ।

सोही अवसरमा आयोजित नेपाल कर्मचारी समाजद्वारा प्रकाशित सन्देश बुलेटिनको अन्तरक्रिया तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कर्मचारीहरुमा पठन संस्कृतिको विकासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कर्मचारीहरुले समाजको लागि पनि काम गर्नुपर्ने बताउँदै उहाँले कर्मचारीहरु राजनीतिक प्राणी भएको हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नुपर्ने बताउनुभयो । देश विकासको लागि कर्मचारीहरुले संवेदनशील ढंगले काम गर्नुपर्छ भन्दै उहाँले विदेशी लगानी र ऋण तथा अनुदानमा देशको समृद्धि सम्भव नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीहरु ट्रेड युनियनवादी हुनुहुँदैन । कर्मचारीहरुले व्यक्तिगत स्वार्थको लागि मात्र कुरा उठाउने र सक्रिय हुने ट्रेड युनियनवादी सोचबाट ग्रसित मानसिकता हो ।’ उहाँले देशभक्त कर्मचारीहरु त्यसको विरुद्धमा सम्पूर्ण जनताको हितको निम्ति इमानदारीका साथ कर्तव्यनिष्ठ भएर क्रियाशील हुनुपर्ने बताउनुभयो ।

जनप्रतिनिधिको निर्देशनअनुसार कर्मचारीहरुले काम गरे संस्थाको दिगो विकास हुने बताउँदै उहाँले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वयात्मक ढंगले काम हुनुपर्नेमा जोड दिँदै कर्मचारीहरुले जनताको सेवालाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनुभयो ।

नेपालमा समाजवादी व्यवस्था स्थापना गर्ने नेपाल मजदुर किसान पार्टीको उद्देश्यलाई अंगीकार गर्दै भक्तपुर नपाले समाजवादी मोडलमा काम गरिरहेको बताउनुभयो । जनताको साथ र सहयोगले भक्तपुर नपाले असफलतापूर्वक आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेको प्रष्ट गर्दै शिक्षा र स्वास्थ्यमा भक्तपुर नपाले प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले सूचना प्रविधि तथा डिजिटाइजेसनको युगमा सरकारी सेवालाई ‘पेपरलेस’ बनाउनेतर्फ अगाडि बढ्नुपर्ने बताउँदै कर्मचारीहरुले आफूलाई तोकेको जिम्मेवारी निर्धारित समयभित्र इमानदारीपूर्वक सम्पन्न गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्दै अधिकृत भट्टराईले कर्मचारीहरुले सृजनात्मक ढंगले काम गर्न प्रेरित गर्नुभयो । समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारी समाजले नियमित रुपमा पुस्तक, पत्रिकाहरु प्रकाशन गर्दै कर्मचारीहरुको हकहित सुनिश्चित गर्ने कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले कर्मचारीहरुबीच यस किसिमको सैद्धान्तिक छलफलले कर्मचारीहरु बौद्धिक स्तर पनि विकास हुने बताउँदै उहाँले कर्मचारीहरु आफ्नो काम, कर्तव्य र अधिकारबारे सुसूचित हुनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कर्मचारी समाजका उपाध्यक्ष काजीबहादुर पञ्च, शिवराम धुख्वा, प्रज्ज्वल खत्री, दिव्यलक्ष्मी बज्राचार्य, रामकृष्ण प्रजापति, कान्छी प्रजापति, कृष्णश्वरी सुवाल, इन्दिरा शाक्य, विकास प्रजापतिलगायलते सन्देश पत्रिकाबारे आफूले गरेको अध्ययनको सार प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीहरु राजनीतिक रुपमा सचेत हुनुपर्ने र अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा समाजका राजेश दिष्टिले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.