भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते

काठमाण्डौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका आगलागी हुँदा ६ जना घाइते भएका छन् । उत्तरगङगा् ३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ ।

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका हुन् । घाइते सबैलाई उद्धार गरेर हिजो बेलुका नै सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको छ । जङ्गलमा लागेको आगो निभाउने प्रयास भैरहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्छ । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले उज्यालोलाई जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.