आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते image

काठमाण्डौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका आगलागी हुँदा ६ जना घाइते भएका छन् । उत्तरगङगा् ३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ ।

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका हुन् । घाइते सबैलाई उद्धार गरेर हिजो बेलुका नै सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको छ । जङ्गलमा लागेको आगो निभाउने प्रयास भैरहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्छ । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले उज्यालोलाई जानकारी दिनुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda