भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी |

सरकारले भूमिसम्बन्धी अध्यादेश रोक्दै, पाँचवटा अध्यादेश अघि बढाउने निर्णय

सरकारले भूमिसम्बन्धी अध्यादेश रोक्दै, पाँचवटा अध्यादेश अघि बढाउने निर्णय

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने निर्णय गरेको छ। राष्ट्रिय सभामा बहुमत नपुगेपछि भूमिसम्बन्धी अध्यादेशलाई रोकेर बाँकी रहेका अध्यादेशहरू अघि बढाउने तयारी गरेको हो।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश अघि बढाएमा अन्य अध्यादेशमा समर्थन नगर्ने अडान राखेपछि सरकार पाँचवटा अध्यादेश मात्र अघि बढाउने निष्कर्षमा पुगेको हो। यी पाँच अध्यादेशहरू भोलि हुने प्रतिनिधि सभाको बैठकमा निर्णयका लागि प्रस्तुत गरिनेछन्, र ती नै अध्यादेशहरू बिहीबार बस्ने राष्ट्रिय सभामा पनि निर्णयका लागि पेश गरिनेछन्।

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिइ, चालू अधिवेशनमै विधेयक ल्याउने तयारी गरिएको छ। यद्यपि, सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस विषयमा कुनै ठोस निर्णयमा पुगिएको छैन भनेका छन्। उनले भने, सरकारले अध्यादेश फिर्ता लिने र जसपा नेपालसँग छलफल चलिरहेकाले विधेयकलाई प्रतिस्थापन गरेर अघि बढ्न सक्ने सम्भावना पनि रहेको जानकारी दिएका छन्।

यसै बीच, सरकारले चालू अधिवेशनको पहिलो बैठकमा गत माघ १८ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन), आर्थिक र व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐनका केही संशोधन, सहकारी सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐनका केही संशोधन, सहकारी सम्बन्धी नेपाल ऐनका केही संशोधन र भूमिसम्बन्धी नेपाल ऐनका केही संशोधन गर्ने अध्यादेश प्रस्तुत गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.