भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाढी र पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध

बाढी र पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध

गुल्मी, २३ साउन । गुल्मीको रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट लेदो सहितको बाढी आएपछि रिडी हुँदै बाग्लुङको बुर्तिबाङसम्म जाने सवारी बीचमै रोकिएका छन्। साथै, सुक्खा पहिरोका कारण रिडी–खर्ज्याङ सडक पनि प्रभावित भएको छ।

लगातार वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पानीको बहाव बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा खोलातटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.