भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढी र पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध

बाढी र पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध

गुल्मी, २३ साउन । गुल्मीको रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट लेदो सहितको बाढी आएपछि रिडी हुँदै बाग्लुङको बुर्तिबाङसम्म जाने सवारी बीचमै रोकिएका छन्। साथै, सुक्खा पहिरोका कारण रिडी–खर्ज्याङ सडक पनि प्रभावित भएको छ।

लगातार वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पानीको बहाव बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा खोलातटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.