भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापा । सामान्य विवादमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा उनका श्रीमान् वीरबहादुर चौहान पक्राउ परेका छन् ।

सोमबार अपराह्न पौने ४ बजेतिर विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए । त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

वीरबहादुर त्यहाँबाट फरार भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको थियो । उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको डीएसपी चन्दले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.