भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बोक्सीको आरोपमा हँसिया प्रहार गरी हत्या

बोक्सीको आरोपमा हँसिया प्रहार गरी हत्या

दैलेख । बोक्सी लगाएको आरोपमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ । दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर विरामी पारेको भन्दै हिजो साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले बताए ।

 


Thali Mobile Pvt.Ltd.