भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बदली रहेको छ ।

दिउँसो देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलानाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.