भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

हिमाली क्षेत्रमा बढ्दो जोखिम: सुप्राग्लेसियर ताल विस्फोटले ल्यायो विनाशकारी बाढी

हिमाली क्षेत्रमा बढ्दो जोखिम: सुप्राग्लेसियर ताल विस्फोटले ल्यायो विनाशकारी बाढी

काठमाडौँ, २७ असार । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले गम्भीर संकट निम्त्याउन थालेको छ। पछिल्ला घटनाक्रमहरूले हिमताल विस्फोट (GLOF: Glacial Lake Outburst Flood) को जोखिम थप बढेको देखिएको छ।

मङ्गलवार बिहान रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले चीन–नेपाल सिमाका कम्तीमा १९ जना नागरिक बेपत्ता र सात जनाको ज्यान गएको पुष्टि भएको छ। तीस मेगावाट क्षमताको जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ भने मितेरी पुल र एक सयभन्दा बढी विद्युतीय गाडी बाढीले बगाएको छ।

जल तथा मौसम विज्ञान विभाग र ईसीमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) का विज्ञहरूका अनुसार सुप्राग्लेसियर ताल विस्फोटका कारण बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेका छन्। उक्त ताल रसुवागढीको सिमाबाट ३६ किलोमिटर माथि, करिब ५१५० मिटर उचाइमा अवस्थित थियो।

यसअघि सोलुखुम्बुको थामेमा आएको आकस्मिक बाढी र रसुवामा आएको विपद् सन् २०२५ को मे र जुन महिनामै तीन देश (नेपाल, अफगानिस्तान र पाकिस्तान) मा हिमनदीजन्य विपद्को शृङ्खला देखिएको छ। ईसीमोडका अनुसार हिन्दूकुश–हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतभन्दा तीन गुणाले बढी रहेको छ।

विशेषज्ञहरूका अनुसार तीव्र तापमान वृद्धिका कारण हिमनदी पग्लिने गति तीव्र भएको, नयाँ ताल बन्ने, पुराना फुट्ने खतरा बढेको छ। तापमान वृद्धिका कारण अहिलेका हिमनदी तालले ठूला प्राकृतिक आपत निम्त्याउने सम्भावना रहेको छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालले हरित जलवायु कोष (GCF) बाट पाँच अर्ब रुपैयाँ बराबरको अनुदान पाउने गरी जोखिममा रहेका चारवटा हिमतालको सतह घटाउने परियोजना अघि बढाएको छ। साथै, युएनडीपी, नेपाल सरकार र निजी क्षेत्रबाट थप दुई अर्ब रुपैयाँको सहलगानी पनि तय भएको छ।

ईसीमोड र युएनडीपीको संयुक्त अध्ययनअनुसार नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल खतराको सीमामा पुगेका छन्, तीमध्ये २१ वटा नेपालमा पर्छन्। यी तालहरू जुनसुकै बेला फुट्न सक्ने भएकाले नेपालमा ठूलो वित्तीय र मानवीय क्षति हुनसक्ने चेतावनीसमेत दिइएको छ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि हिमाली क्षेत्रको संवेदनशीलता र जोखिमबारे निरन्तर पैरवी गर्दै आएको छ। सगरमाथा संवाद, कोप सम्मेलनजस्ता थलोहरूमा पर्वतीय संकटबारे आवाज उठाउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.