भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

त्रिभुवन विमानस्थलमा अब खादा, माला र चिन्हयुक्त पोशाक प्रयोग निषेध

त्रिभुवन विमानस्थलमा अब खादा, माला र चिन्हयुक्त पोशाक प्रयोग निषेध

काठमाडौँ,  २७ असार ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने विमानस्थल क्षेत्रमा यस्ता सामग्रीको प्रयोग नगर्न आग्रह गरेको हो। कार्यालयका अनुसार अध्यागमन प्रक्रियाका क्रममा खादा, माला, सजावटी वस्तु तथा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी वा अन्य संस्थाको नाम झल्कने टोपी, ब्याच, पोशाकलगायत पहिचानजन्य कुनै पनि सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।

सूचनामा भनिएको छ, “यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएझैँ देखिन सक्ने वा सुरक्षामा प्रश्न उठ्न सक्ने सम्भावना भएकाले सबैमा समानता कायम गर्न यो निर्णय गरिएको हो।”

यस निर्णयसँगै अब विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्दा यात्रु वा स्वागतकर्ताले संस्थाको नाम झल्किने पोशाक वा खादा, माला बोकेर जान नपाउने छन्। सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अध्यागमन कार्यालयले नियम उल्लंघन नगर्न सबैमा अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.