भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

त्रिभुवन विमानस्थलमा अब खादा, माला र चिन्हयुक्त पोशाक प्रयोग निषेध

त्रिभुवन विमानस्थलमा अब खादा, माला र चिन्हयुक्त पोशाक प्रयोग निषेध

काठमाडौँ,  २७ असार ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने विमानस्थल क्षेत्रमा यस्ता सामग्रीको प्रयोग नगर्न आग्रह गरेको हो। कार्यालयका अनुसार अध्यागमन प्रक्रियाका क्रममा खादा, माला, सजावटी वस्तु तथा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी वा अन्य संस्थाको नाम झल्कने टोपी, ब्याच, पोशाकलगायत पहिचानजन्य कुनै पनि सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।

सूचनामा भनिएको छ, “यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएझैँ देखिन सक्ने वा सुरक्षामा प्रश्न उठ्न सक्ने सम्भावना भएकाले सबैमा समानता कायम गर्न यो निर्णय गरिएको हो।”

यस निर्णयसँगै अब विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्दा यात्रु वा स्वागतकर्ताले संस्थाको नाम झल्किने पोशाक वा खादा, माला बोकेर जान नपाउने छन्। सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अध्यागमन कार्यालयले नियम उल्लंघन नगर्न सबैमा अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.