भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अध्यागमनको ‘इमेज’ सुधार्न गृहमन्त्रीको निर्देशन

अध्यागमनको ‘इमेज’ सुधार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनबारे राम्रो बुझाइ नभएको भन्दै कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने बताए ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । गृहमन्त्री लेखकले अध्यागमनका सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।

सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.