भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट भएका हुन ।

स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय जलेको छ। नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको बताइएको छ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ। आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको हलेसी तुवाचुङ नगरपालिकाकाले जनाएको छ । स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन्।

 


Thali Mobile Pvt.Ltd.