भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट भएका हुन ।

स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय जलेको छ। नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको बताइएको छ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ। आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको हलेसी तुवाचुङ नगरपालिकाकाले जनाएको छ । स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन्।

 


Thali Mobile Pvt.Ltd.