भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

प्रकृति दोहनका कारण मानव जीवन नै संकटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव

प्रकृति दोहनका कारण मानव जीवन नै संकटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव

काठमाडाैं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् ।

जनकपुरधाममा  ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले भने, ‘यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ, खाद्यान्नको सङ्कट हुने खतरा छ।’ चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरूरी रहेको उनको भनाइ छ । पूर्व राष्ट्रपति यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्षमा सिँचाइका लागि दुई अर्ब १५ करोडको ‘टेन्डर’ गरिएको जानकारी दिए । मधेस प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न उनले आग्रह गरे ।

मुख्यमन्त्री सिंहले डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेस प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको बताए ।
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राजनीतिक ठीक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताए ।
चिकित्सक डा ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.