भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायल जाने जहाजमा आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

इजरायल जाने जहाजमा आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले अबदेखि इजरायल जाने सबै जहाजमा आक्रमण गर्ने घोषणा गरेका छन् । उनीहरूले ती जहाजहरूको मालिक जुनसुकै देश भए पनि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् ।

शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।

साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरे ।

उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’ इरानका विदेशमन्त्रीले अमेरिकाले युद्धविराम रोक्दा मध्यपूर्वमा ठूलो विस्फोट हुने टिप्पणी गरे ।

‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएको प्रतिक्रिया दिएको छ । उता, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.