भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अवैधरूपमा डलर भित्र्याउने गिरोह भियतनामी प्रहरीको कारबाहीमा, रकम १ अर्ब २० करोड डलर

अवैधरूपमा डलर भित्र्याउने गिरोह भियतनामी प्रहरीको कारबाहीमा, रकम १ अर्ब २० करोड डलर

हनोइ । भियतनाम प्रहरीले बाहिरी मुलुकबाट १ अर्ब २० करोड डलर बराबरको अवैध रकम ल्याउने पाँच जनालाई पक्राउ गरी कारबाही गरेको छ। सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी ६ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए। यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो। प्रहरीका अनुसार उनीहरूको कुल लेनदेन करिब १ अर्ब २० करोड डलर (३० हजार अर्ब डोङ) थियो। एक बैंक कर्मचारीसहित पक्राउ गरिएकाहरू डानाङमा थिए।

प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवैध सम्पत्ति कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ। गत अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो। यद्यपि उनले फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेकी छन्। प्रोपर्टी डेभलपर उनलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्डको सजाय सुनाइएको थियो।- एएफपी/रासस

 


Thali Mobile Pvt.Ltd.