भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित

मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित

मुस्ताङ, २६ असार । हिमाली जिल्ला मुस्ताङमा ‘हाईअल्टिच्युड’ अर्थात् लेक लाग्ने समस्याका कारण चालु आर्थिक वर्ष २०८२/८३ मा १६ जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार मृत्यु हुनेमा १० भारतीय, पाँच नेपाली र एक मेक्सिकन नागरिक रहेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार साउनदेखि हालसम्म मुस्ताङ भ्रमणका क्रममा लेक लागेर ती पर्यटक तथा तीर्थयात्रीहरूको ज्यान गएको हो। मृतकमध्ये अधिकांश ५० देखि ८४ वर्ष उमेर समूहका रहेका छन्।

तथ्याङ्कअनुसार भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार तथा जेठमा तीन जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने लेक लागेर नौ जनाको मृत्यु भएको थियो।

डा. कँडेलका अनुसार समथर भूभागबाट एकैपटक उच्च हिमाली क्षेत्रमा पुग्दा शरीरमा अक्सिजनको मात्रा घट्ने भएकाले लेक लाग्ने जोखिम बढ्छ। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी र नियमित औषधि सेवन गर्ने व्यक्तिहरू उच्च जोखिममा रहने गरेका छन्।

जोखिम न्यूनीकरणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, स्थानीय तह, मुक्तिनाथ विकास समिति तथा सुरक्षा निकायले विभिन्न स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र सञ्चालनमा रहेको छ। मुक्तिनाथ विकास समितिका अनुसार केन्द्रमा अक्सिजनसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

चिकित्सकहरूले मुस्ताङ पुग्ने पर्यटकलाई पर्याप्त आराम गर्दै क्रमिक रूपमा उचाइ बढाउन, प्रशस्त पानी पिउन र लेक लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.