भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काभ्रेको महाभारत जंगलमा लागेको आगो अझै निभेन

काभ्रेको महाभारत जंगलमा लागेको आगो अझै निभेन

काभ्रे । काभ्रेको दक्षिणी क्षेत्रमा रहेको महाभारत सामुदायिक वनमा लागेको आगो अझै निभेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडामा रहेको सामुदायिक वनमा अस्ति दिउँसोदेखि आगलागी भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हिजो बेलुकी त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीको टोलीले स्थानीयवासीसँग समन्वय गरी आगो निभाउने पहल गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीलाई आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले आगो निभाउनका लागि एक टोली त्यसतर्फ पठाइएको बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि आज प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ । आगो निभाउनका लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

आगलागी भएको ठाउँबाट मानवबस्ती झन्डै ३ किलोमिटरको दूरीमा रहेको छ । प्रहरीले आगलागीबाट अहिलेसम्म कुनै मानवीय एवम् पशुचौपायामा क्षति नपुगेको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.