भर्खरै : Sorry, your browser does not support inline SVG.

गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

मुख्य बुँदा

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न ५ सदस्यीय समिति गठन।

डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समितिले अनुसन्धान गर्ने।

गृहमन्त्री सुधन गुरुङले संसद्मा समिति गठनको जानकारी दिए।

निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता।

उपचारका क्रममा गणेश नेपालीको शुक्रबार बिहान निधन।

काठमाडौं, २६ असार । मुगुका गणेश नेपालीको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाबारे जानकारी दिँदै डीआईजी थपलियाको नेतृत्वमा समिति गठन गरिएको बताए। उनले समितिले घटनाको निष्पक्ष, स्वतन्त्र र तथ्यपरक छानबिन गर्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री गुरुङले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने र घटनाको वास्तविकता सार्वजनिक गरिने प्रतिबद्धता पनि जनाए।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई भक्तपुरमा बस्दै आएका २५ वर्षीय गणेश नेपालीलाई जलनको अवस्थामा बिहीबार वीर अस्पताल ल्याइएको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको थियो। गणेश नेपालीको मृत्यु भएपछि घटनाबारे निष्पक्ष अनुसन्धानको माग उठ्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.