बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था

बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पारिवारिक विवादपछि राउतले भान्सामा गई आफ्नै शरीरमा आगो लगाएका थिए।

गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनको उपचार जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.