भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरको इन्द्रदहमा भक्तजनको घुइँचो

भक्तपुरको इन्द्रदहमा भक्तजनको घुइँचो

भक्तपुर । भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । भाद्र शुल्क पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठुलो मेला लाग्ने गर्दछ ।

इन्द्रदहमा देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिने गरेकाले यसलाई इन्द्रदह भनिएको हो । इन्द्रजात्रामा भक्तपुरको खौमास्थित इन्द्रायणी देवीलाई तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन बाजागाजासहित इन्द्रदह पुर्याएररातभर त्यही राख्ने परम्परा रहेको छ । सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पुर्याएको थियो।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहि आएको छ । यस्तै अनावृष्टि भएको बेला भक्तपुरका स्थानीयहरु इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन रहेको छ । सिद्धपोखरी अर्थात इन्द्रदहमा वासुकी नाग रहेको जनविश्वास छ । यहाँका शिव लिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

यहाँ लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.