भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुरको इन्द्रदहमा भक्तजनको घुइँचो

भक्तपुरको इन्द्रदहमा भक्तजनको घुइँचो

भक्तपुर । भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । भाद्र शुल्क पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठुलो मेला लाग्ने गर्दछ ।

इन्द्रदहमा देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिने गरेकाले यसलाई इन्द्रदह भनिएको हो । इन्द्रजात्रामा भक्तपुरको खौमास्थित इन्द्रायणी देवीलाई तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन बाजागाजासहित इन्द्रदह पुर्याएररातभर त्यही राख्ने परम्परा रहेको छ । सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पुर्याएको थियो।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहि आएको छ । यस्तै अनावृष्टि भएको बेला भक्तपुरका स्थानीयहरु इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन रहेको छ । सिद्धपोखरी अर्थात इन्द्रदहमा वासुकी नाग रहेको जनविश्वास छ । यहाँका शिव लिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

यहाँ लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.