भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्ने सरकार तयार

सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्ने सरकार तयार

काठमाण्डौ । सरकारले राष्ट्रिय विकासमा सूचना प्रविधिको उपयोग बढाउने प्रतिबद्धता जनाएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा विकास गर्ने बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिसँग आवद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले शासन, विकास र सेवा प्रवाहका विविध आयामहरुलाई उल्लेख गर्नुभएको छ ।

विश्वमा प्रयोग हुँदै आएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिन सकिन्छ भनेर सरकार आवश्यक तयारी भैरहेको पनि उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिन्छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवम् प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.