भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन

आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेका छन् । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन गरिएको हो ।

गृहमन्त्री लामिछानेले गठन गरेको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव रसागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य छन् ।

सोमबार आगलागी हुनासाथ सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ । सहसचिव पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.