भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन

आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेका छन् । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन गरिएको हो ।

गृहमन्त्री लामिछानेले गठन गरेको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव रसागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य छन् ।

सोमबार आगलागी हुनासाथ सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ । सहसचिव पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.