भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सरकारले सहकारी ठगीमा फरार भएकाहरूलाई नेपाल ल्याउन नसकेको छानबिन समितिको निष्कर्ष

सरकारले सहकारी ठगीमा फरार भएकाहरूलाई नेपाल ल्याउन नसकेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ ।

समितिका संयोजक सूर्य थापाले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए । शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

गृह प्रशासनले बचतकर्ताको बचत फिर्ता गर्न अहिलेकै प्रक्रियाबाट सम्भव नदेखिएको जानकारी आफूहरूलाई गराएको पनि उनले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.