भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला

सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर आईपीओ आवेदन सर्वसाधारणका लागि आजदेखि खुल्ला गरेको छ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला गरेको हो । कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो ।

कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो । १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।