भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो: ठेक्का सम्झौतामा हस्ताक्षर

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो: ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाण्डौ, २८ साउन । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले अब थप गति लिने भएको छ ।

कुल १०६ मेगावाट क्षमताको आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । उहाँले जगदुल्ला हाइड्रोपावर र जेसीईरएएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको बताउनुभयो । प्रवर्द्धक कम्पनी र जेसीईरएएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणको बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सम्भौताअनुसार नबिल बैंकले चार अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् ।

आयोजनामा एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले समान चाररचार अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले दुई अर्ब रुपैयाँ र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ ।

यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ ऋण र सात अर्ब रुपैयाँ भने स्वपूँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । निर्माण शुरू भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.