भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पेटमा पो समस्या छ कि ? जंकफुड नखानुस !

पेटमा पो समस्या छ कि ? जंकफुड नखानुस !

काठमाडौं । आफ्नो सास गन्हाएको अरुले थाहा पाउलान् भनेर हीनताबोध त भएको छैन ? सास गन्हाउने समस्याका कारण कतिपय आफन्त र साथीभाइ पनि टाढा–टाढा बस्न खोज्छन् । तर, स्वास्थ्य विज्ञानको दृष्टिकोणले चाहिँ सास गन्हाउने समस्या किन हुन्छ ? यसबारे कसरी समाधान खोज्ने त ? आउनुस चिकित्सकका अनुसार दाँत नमाझ्ने लगायतको मुखको समस्या मात्र नभई पेट लगायत शरीरका अन्य अंगमा समस्या भएर पनि सास गन्हाउने गर्छ । दन्त चिकित्सकको सुझाव अनुसारमुखको स्वास्थ्यबारे जनचेतनाको कमीले गर्दा पनि समस्या बढेको हो ।

सास गन्हाउने समस्या किन हुन्छ ? बेलाबेला रुघाखोकी लाग्ने समस्या, पेट सफा नहुनु, धुम्रपान गर्ने बानी, ब्रस गर्दा समय नदिने कारणमा पनि भर पर्छ । मुखको स्वास्थ्यमा मान्छे अझै पनि सचेत भइसकेका छैनन् । जसले गर्दा सास गन्हाउने समस्या भइरहेको पो हुन सक्छ। यदि लामो समयदेखि सास गन्हाउने समस्या भइरहेको छ भने दन्त चिकित्सककहाँ जानुपर्छ। दाँत तथा गिजाको समस्याका कारण यस्तो समस्या भएको हो भने त्यसको उपचार गर्नुपर्छ ।

अन्य कुनै अंगमा समस्या भएर सास गन्हाएको छ भने पनि चिकित्सककै सल्लाह अनुसार उपचार गराउनु राम्रो हुन्छ। नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्छ । तर, मुखबाट मात्र गन्ध आयो भने त्यो दाँत तथा मुख सम्बन्धी कारणले मात्र हुन्छ ।

तर, सास गन्हाएको आफैंलाई थाहा हुन्छ भने सुँघ्ने नशामा समस्या भएको हो या धेरै उमेर भएको व्यक्ति हो भनेर छुट्याउनुपर्छ।कसैले एक मिनेट नाक मुख छोपेर राखेपछि नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्छ। सास गन्हाउँदा समयमा उपचार गरिएन भने पछि ठुलै रोग ल्याउँछ भन्ने छैन ।

तर, शरीरमा केही समस्या छ भन्ने संकेत मुखले गरिरहेको हुन्छ। त्यो संकेतलाई हामीले बेवास्ता गर्यौं भने समयअगावै दाँत झर्ने र शरीरमा अन्य रोगहरु बढ्ने, जस्ता जटिलताहरु निम्तिने सम्भावना हुन्छ। सास गन्हाउने समस्याबाट बच्न दाँतको राम्रो हेरचाह गर्नुपर्छ। नियमित दाँत माझ्ने, फोर्समा कुल्ला गर्ने, जंकफुडहरु नखाने, सागपात खाने, चकलेट सकेसम्म कम खाने र १५, १६ वर्षको उमेरदेखि नै वर्षमा कम्तिमा २ पटक दाँत सफा गर्ने कार्य गर्नुपर्छ। ६ महिनामा एकपटक दाँतसँगै सम्पूर्ण शरीररको चेकजाँच गर्नुपर्छ ।

राति सुत्नुभन्दा पहिले अलिकति समय लगाएर अनिवार्य ब्रस गर्नुपर्छ । विभिन्न सञ्चार माध्यमसँगै सामाजिक सञ्जालको बढ्दो प्रयोगले पहिलेको तुलनामा धेरै नै सुधार भएको छ । तर खानपानमा पनि ध्यान दिनु आवश्यक छ । अहिले सागपात र फलफूल भन्दा धेरै जंकफुड खाने प्रवृत्तिले समस्या बढ्दो छ।

 


Thali Mobile Pvt.Ltd.