भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

जिप दुर्घटनामा एकको मृत्यु सात जना घाइते

जिप दुर्घटनामा एकको मृत्यु सात जना घाइते

काठमाडौं । जिप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न‍ को बोलेरो शनिवार राती अनियन्त्रित भइ पल्टिँदा चितवनको ईच्छाकामना गाउँपालिका– ६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.