भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबे

रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबे

एजेन्सी । रुस सरकारले पोष्टमार्टम पछि मात्रै परिवारलाई शव दिने भएको छ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको हो ।

रुसका राष्ट्रपति भ्दादीमिर पुटिनका कट्टर विरोधी तथा देशमा मौलाएको भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नीको पुटिनको आदेशमा हत्या गरिएको आरोप उनका समर्थकहरुले गरेका छन् ।

गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी उनकी आमालाई पोष्टमार्टम पछि मात्रै परिवारलाई शव दिने भएको हो ।

यता रुसको राजधानी मास्कोको मध्यभागमा गर्न लागिएको र्‍यालीमा सहभागी हुन अनलाइन आह्वान गरिएसंगै रुसी प्रशासने र्‍याली आयोजना नगर्न चेतावनी जारी गरेको छ ।

नाभाल्नीको मृत्यु पछि रुसका विभिन्न शहरमा समवेदना प्रकट गर्ने एक सयभन्दा बढी पक्राउ परेका छन् । ४७ वर्षीय नाभाल्नीको जेलमै मृत्यु भएको रुसी अधिकारीहरूले बताएपछि रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबेका छन् ।

 


Thali Mobile Pvt.Ltd.