भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबे

रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबे

एजेन्सी । रुस सरकारले पोष्टमार्टम पछि मात्रै परिवारलाई शव दिने भएको छ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको हो ।

रुसका राष्ट्रपति भ्दादीमिर पुटिनका कट्टर विरोधी तथा देशमा मौलाएको भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नीको पुटिनको आदेशमा हत्या गरिएको आरोप उनका समर्थकहरुले गरेका छन् ।

गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी उनकी आमालाई पोष्टमार्टम पछि मात्रै परिवारलाई शव दिने भएको हो ।

यता रुसको राजधानी मास्कोको मध्यभागमा गर्न लागिएको र्‍यालीमा सहभागी हुन अनलाइन आह्वान गरिएसंगै रुसी प्रशासने र्‍याली आयोजना नगर्न चेतावनी जारी गरेको छ ।

नाभाल्नीको मृत्यु पछि रुसका विभिन्न शहरमा समवेदना प्रकट गर्ने एक सयभन्दा बढी पक्राउ परेका छन् । ४७ वर्षीय नाभाल्नीको जेलमै मृत्यु भएको रुसी अधिकारीहरूले बताएपछि रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबेका छन् ।

 


Thali Mobile Pvt.Ltd.