भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ राहत वितरण

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ राहत वितरण

काठमाडौँ, ४ कार्तिक । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको भैपरी खर्चबापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा हरेक घाइतेलाई २० हजार रुपैयाँ दरले रकम वितरण गर्न पठाइएको हो।

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकेको गृह मन्त्रालयले जनाएको छ। प्राविधिक समितिले घाइतेको वर्गीकरण गरेपछि उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले असोज १२ गते गरेको थियो।

अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २,४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्थाका लागि सरकारले परिचयपत्र वितरण पनि गरेको छ। घाइतेको पुनः उपचारका लागि तोकिएका अस्पतालहरूमा जेन–जी क्लिनिक सञ्चालनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक अर्ब रुपैयाँभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको छ।

 


Thali Mobile Pvt.Ltd.