भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

केही गर्दा पनि नमिले निर्वाचनबाट पार्टीको नेतृत्व चयन गर्छौंः झलनाथ खनाल

केही गर्दा पनि नमिले निर्वाचनबाट पार्टीको नेतृत्व चयन गर्छौंः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन्। आगामी महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले महाधिवेशनले सर्वसम्मत हुनेगरी नेतृत्व निर्माण गर्ने बताएका हुन्।

उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे। उनले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए। उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताए।

उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए। खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए।

 


Thali Mobile Pvt.Ltd.