भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलाली कारागारमा कैदी झगडा, एकको मृत्यु, दर्जनौं घाइते

कैलाली कारागारमा कैदी झगडा, एकको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, २४ साउन ।  कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। मृत्यु भएका कैदीको पहिचान अहिलेसम्म खुलाइएको छैन। कारागार प्रशासनले मृतकको परिवार र स्थानीय तहसँग सम्पर्क गर्न खोजिरहेको छ।

घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनालाई डिस्चार्ज गरिएको छ। कारागार प्रशासक रामकुमार चौधरीका अनुसार झडप कारागारका ए र बी ब्लकमा भएको हो।

टीकापुरको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जेल परेका १८ कैदीलाई स्थानान्तरण गर्न लाग्दा उनीहरूबीच विवाद बढेको थियो। कारागार स्रोतका अनुसार कुटाकुटको मुख्य कारण कैदीहरूबीच ‘नायक’ पदमा को रहने भन्ने विषयमा विवाद भएको हो।

यसअघि पनि बिहीबार कैदी स्थानान्तरणलाई लिएर झडप हुँदा पाँच जना घाइते भएका थिए। घटना सम्बन्धी थप छानबिन भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.