भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कैलाली कारागारमा कैदी झगडा, एकको मृत्यु, दर्जनौं घाइते

कैलाली कारागारमा कैदी झगडा, एकको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, २४ साउन ।  कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। मृत्यु भएका कैदीको पहिचान अहिलेसम्म खुलाइएको छैन। कारागार प्रशासनले मृतकको परिवार र स्थानीय तहसँग सम्पर्क गर्न खोजिरहेको छ।

घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनालाई डिस्चार्ज गरिएको छ। कारागार प्रशासक रामकुमार चौधरीका अनुसार झडप कारागारका ए र बी ब्लकमा भएको हो।

टीकापुरको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जेल परेका १८ कैदीलाई स्थानान्तरण गर्न लाग्दा उनीहरूबीच विवाद बढेको थियो। कारागार स्रोतका अनुसार कुटाकुटको मुख्य कारण कैदीहरूबीच ‘नायक’ पदमा को रहने भन्ने विषयमा विवाद भएको हो।

यसअघि पनि बिहीबार कैदी स्थानान्तरणलाई लिएर झडप हुँदा पाँच जना घाइते भएका थिए। घटना सम्बन्धी थप छानबिन भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.