भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घरजग्गा कर्जालाई सहज बनाउः अर्थमन्त्री डा महत

घरजग्गा कर्जालाई सहज बनाउः अर्थमन्त्री डा महत

काठमाडाैं । मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने अघिल्लो दिन अर्थमन्त्री डा प्रकाशशरण महतले घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अघिल्लो दिन मन्त्री डा महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक बसेका हुन् ।

साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेका हुन ।

घरजग्गासम्बन्धी ऋणमा पनि जुनसुकै ऋणमा जोखिम भार शतप्रतिशत मात्रैकायम गराउन उनले निर्देशन दिए । उद्यम व्यवसायमा मागको कमीका कारण ऋणको सावाँ ब्याज भुक्तानीमा समस्या भएको निजी क्षेत्रको माग छ ।

 


Thali Mobile Pvt.Ltd.