भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारे जापानसँग सम्झौता कर्णाली पुल मर्मतमा समस्या

प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारे जापानसँग सम्झौता कर्णाली पुल मर्मतमा समस्या

काठमाण्डौ । पुलको अध्ययन र मर्मत सम्भारको लागि नेपालमा जनशक्तिको अभाव रहेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानी स्थित पुलमा आगलागी हुँदा पुलको मर्मत र अध्ययन गर्ने जनशक्ति नेपालमा नभएको हो ।

सडक विभागको प्राविधिक टोलीले आगलागीबाट क्षति भएको कर्णाली चिसापानी पुलको स्थलगत अवलोकन र अध्ययन सकेको छ । पुल जापान सरकारले बनाइदिएको र अमेरिकाको इञ्जिनियरिङ प्रयोग भएकाले नेपालमा यसको अध्ययन र मर्मत सम्भारका लागि विज्ञ र कामदारको समेत अभाव रहेको सडक विभागले जनाएको छ ।

विकल्पमा कोठियाघाट र सतिघाटको पुल प्रयोग गरेर गाडी चलिरहेका छन् । २०५० सालमा पुल निर्माण गर्दा प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारेमा जापानसँग कुनै सम्झौता नभएकाले अहिले समस्या भएको छ ।

 


Thali Mobile Pvt.Ltd.