भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कर्णालीको बजेट निर्माण तीव्र : २ हजार ७४६ आयोजना प्राथमिकतामा, स्रोत अभावको चुनौती

कर्णालीको बजेट निर्माण तीव्र : २ हजार ७४६ आयोजना प्राथमिकतामा, स्रोत अभावको चुनौती

सुर्खेत, १४ जेठ ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्रक्रिया तीव्र बनाएको छ । मुख्यमन्त्री यामलाल कँडेल र आर्थिक मामिलामन्त्री राजीवविक्रम शाहको नेतृत्वमा विभिन्न मन्त्रालय र सरोकारवालासँग सुझाव संकलनका साथै बजेटको प्राथमिकता निर्धारणको काम अगाडि बढाइएको छ ।

आर्थिक मामिलामन्त्री शाहका अनुसार चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ३ अर्बले बढाइ ३४ अर्ब पुर्‍याउने तयारी गरिएको छ । मन्त्रालयगत बजेट सिलिङ ०.५% देखि ३% सम्म बढाइएको छ । बजेट निर्माण प्रक्रिया सुरु भए पनि यसपटक योजना माग्नेको भिड विगतको तुलनामा कम देखिएको छ । सरकारद्वारा सञ्चालनमा ल्याइएको योजना छनोट कार्यविधि र आयोजना बैंक प्रणालीले पुरानो अभ्यासलाई प्रतिस्थापन गरेको छ ।

योजनाको प्राथमिकिकरणको क्रममा अहिलेसम्म २ हजार ७४६ आयोजना प्राथमिकिकरण भइसकेका छन् । योजना आयोगका तथ्यांक अधिकृत हरिबहादुर घर्तीका अनुसार प्रमाणीकरण भइसकेका योजनामा:

  • सामाजिक विकास मन्त्रालय: १,७२६ आयोजना

  • भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय: ५७४ आयोजना

  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय: ६ आयोजना

  • जलस्रोत तथा ऊर्जा मन्त्रालय: ४२१ आयोजना

  • उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय: १९ आयोजना

यद्यपि योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीका अनुसार अझै पनि कैयौं योजनाको प्राथमिकिकरण बाँकी छ । स्रोत अभावका कारण उपलब्ध योजना मध्ये कतिपय घटाएर मात्र बजेट विनियोजन गर्नुपर्ने अवस्था आएको छ । उनले भने, “जति योजना आएका छन्, ती सबैमा बजेट दिन सम्भव छैन। विशेषगरी भौतिक पूर्वाधार र जलस्रोत मन्त्रालयका योजनामा पुनः छलफल आवश्यक छ।”

केन्द्रीय सरकारको बजेट आइसकेपछि मात्र कर्णालीको योजनामा अन्तिम रुप दिने तयारी भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.