भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१३ दिनपछि रसुवाको केरुङ नाकाबाट भन्सार प्रक्रिया पुनःसञ्चालन

१३ दिनपछि रसुवाको केरुङ नाकाबाट भन्सार प्रक्रिया पुनःसञ्चालन

काठमाण्डौ, ८ साउन । रसुवागढीस्थित केरुङ नाकाबाट चीनबाट आयात हुने सामग्रीहरूको भन्सार प्रक्रिया १३ दिनपछि पुनःसञ्चालनमा आएको छ। असार २४ गतेको भीषण वर्षाका कारण ल्हेन्दे खोलामा आएको बाढीले सडक क्षति गर्दा भन्सार प्रक्रिया रोकिएको थियो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइका अनुसार बाढीमा जोगाइएका सामानहरू सुरक्षित स्थानमा राखिएको थियो र अहिले सडक मर्मत कार्य सम्पन्न भएसँगै ती सामग्रीको भन्सार प्रक्रिया पूरा गरिएको हो।

स्थानिय प्रशासनको समन्वयमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्मको सडक मर्मत भएपछि केरुङ नाका भएर नेपाल भित्रिएका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर र १९ वटा विद्युतीय कार काठमाण्डौ पठाइएको रसुवा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार जाँचपास गरिएका माल सामानमध्ये केही सामग्री नेपालका विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि ल्याइएको हो। यो पुनःसञ्चालनसँगै लामो समयदेखि रोकिएको चीन–नेपालबीचको व्यापारिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.