महोत्तरी । नयाँ बाली लगाउने बेला किसानलाई बिउको चिन्ता भएको छ । अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बिउ के गर्ने भन्ने चिन्ताले किसान पिरोलिँदैछन्।
कुनै बालीका लागि नठगिने बिउ पाउने ठाउँ आफूले नपाएको किसानको गुनासो छ।
जिल्लाका स्थानीय तहहरुमा कृषि शाखा रहने व्यवस्था भए पनि बाली लगाउने तुकमा नियमित रुपमा बिउ पाइने अवस्था नभएको किसान बताउँछन् ।
भरपर्दो बिउ उचित मूल्य तिरेर आवश्यक मात्रामा पाउने सुनिश्चितता भए ढुक्क त हुइथ्यो किसानलाई अनुदानको बिउ कहिले आउँछ भन्नेभन्दा राम्रो विउ दिएको भए हुन्थ्यो ।