भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुरमा सकिमाना पुन्ही मनाइयो

भक्तपुरमा सकिमाना पुन्ही मनाइयो

भक्तपुर । चन्द्र मासको आधारमा कार्तिक शुक्ल पूर्णमाका दिन मनाइने सकिमाना पुन्ही भक्तपुरमा हर्ष उल्लासका साथ मनाइएको छ। मुख्यगरी भक्तपुर नगर क्षेत्र र मध्यपुर थिमिमा हर्ष उल्लासका साथ सकिमाना पुन्ही मनाइएको हो ।

टौमढी , दतात्रय मंदिर प्राङ्गण , बाराही द्यो छे लगायतका भित्री नगर र मध्यपुर थिमिको नगदेश, बोदे र थिमि लगायतका स्थानमा शुक्रबार विशेष रौनक छाएको छ । यी स्थानहरु संगीतमय बनेको थियो । विभिन्न दाफा भजन खल, भजन समूह र भजन मण्डलीहरूले पृथक प्रस्तुति दिएका थिए ।

मन्दिर, देवालयअगाडि विभिन्न अन्न चढाएर मन्दिर र भगवानहरूको आकर्षक चित्र बनाएका थिए । सांस्कृतिक बाद्यबादन सामग्री बजाएर भजन प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.