भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सप्तकोशी उर्लियो: कोशी ब्यारेजका ५० गेट खोलिए, तीन रातो बत्ती बल्यो

सप्तकोशी उर्लियो: कोशी ब्यारेजका ५० गेट खोलिए, तीन रातो बत्ती बल्यो

सुनसरी, १९ असोज । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि कोशी ब्यारेजका ५० वटा गेट खोलिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार, शनिबार बिहान सवा ८ बजे नदीको जलबहाव मापन गर्दा प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्यूसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको हो।

उनका अनुसार शुक्रबार बेलुका ८ बजे मात्र नदीको बहाव एक लाख ९३ हजार ६० क्यूसेक थियो र त्यतिबेला १५ ढोका मात्र खोलिएका थिए। तर, लगातार वर्षा जारी रहेपछि शनिबार बिहानदेखि नदीको बहाव तीव्र गतिमा बढ्दै गएको र थप ढोका खोल्नुपर्ने अवस्था आएको हो।

गत भदौ १७ गते पनि सप्तकोशीमा पानीको बहाव अत्यधिक बढ्दा ५६ मध्ये ३८ गेट खोलिएको थियो। त्यसपछि पानीको सतह घट्दै गएको थियो तर पछिल्ला दुई दिनदेखि पूर्वी पहाडमा भइरहेको अविरल वर्षाका कारण पुनः नदीमा पानीको बहाव बढेको हो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ।

अहिले ब्यारेज कन्ट्रोल रुमका अनुसार तीनवटा रातो बत्ती बलिरहेको छ, जसले उच्च सतर्कताको अवस्था जनाउँछ। स्थानीय प्रशासनले आसपासका बासिन्दालाई नदी किनारबाट टाढा रहन र कुनै आपत् परेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ।सप्तकोशी नदीमा अझै पानीको बहाव बढ्ने सम्भावना रहेको बताउँदै प्रहरी प्रवक्ता खतिवडाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.