काठमाडौं, ७ असार । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार कृष्ण रेउलेको निर्देशन र प्रस्तुति रहेको दुईवटा फरक स्वाद र भाव बोकेका साङ्गीतिक कोसेलीहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएका गीतहरू हुन् ‘जुनिभर हाँसेर’ र ‘कुरै खल्लास’।
कृष्ण रेउलेले निर्देशन गरेको ‘जुनिभर हाँसेर’ गीतमा मेचीदेखि महाकालीसम्मको संस्कृति र भावना समेटिएको छ। गीतमा चर्चित गायक कृष्ण रेउले र गायिका निरन्ता नेम्वाङको स्वरले गीतमा सुमधुर भाव ल्याएको छ । शब्द गायिका नेम्वाङ स्वयम्ले लेखेकी हुन् भने संगीत कृष्ण रेउलेले भरेका हुन्।
भिडियोमा कृष्ण रेउले आफैले अभिनय गरेका छन् । साथमा आरुशी मगर, सन्तोष सेन्चुरी र निरन्ता नेम्वाङको दमदार अभिनय रहेको छ । विशाल स्याङ्जालीले कोरियोग्राफीमा छायाङ्कन अजय रेग्मीले गरेका छन् । भिडियो सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका छन्। संगीत संयोजन तथा मिक्सिङ बिमल छिनालले गरेका छन्।
त्यसैगरी, कृष्ण रेउले प्रस्तुतकर्ता रहेको अर्को गीत ‘कुरै खल्लास’ ले पनि चर्चा बटुल्न थालेको छ। गीतमा कृष्ण रेउले, एलीना चौहान र रेश्मा पुनले स्वर दिएका छन् । शब्द मञ्जित पुनको रहेको छ भने संगीतकार ऋषि खड्काको सिर्जनामा आधारित यो गीतलाई बिमल छिनालले एरेन्ज, मिक्स र मास्टरिङ गरेका छन्।
भिडियोमा प्रियंका कार्की, बिमल अधिकारी, बिक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, जोयम पुन र स्वयं कृष्ण रेउले अभिनयमा देखिएका छन्। कोरियोग्राफी युमी बालामीले गरेकी छन् भने छायाङ्कन अजय रेग्मी र उनको टिमले गरेको छ। सम्पादन तथा कलर विकास ज्ञवालीको रहेको छ।
भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् भने मेकअप एनिमेस जोर्डनको रहेको छ। दुबै गीतले नेपाली सांगीतिक क्षेत्रको विविधता, रचनात्मकता र प्रस्तुतिको स्तरलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरेका छन्। कृष्ण रेउलेको निर्देशनमा तयार यी सिर्जनाले दर्शक–स्रोता बीच सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।