भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इलाममा भीषण पहिरो: २ जनाको मृत्यु, १५ जना बेपत्ता-उद्धार कार्य जारी

इलाममा भीषण पहिरो: २ जनाको मृत्यु, १५ जना बेपत्ता-उद्धार कार्य जारी

इलाम, १९ असोज ।पूर्वी नेपालको इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा पहिरो र बाढीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको र १५ जनाभन्दा बढी बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको इलाम प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। उक्त घरमा रहेका तीन जना अझै बेपत्ता छन् भने दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। उद्धार टोली घटनास्थलमा खटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, माइजोगमाई गाउँपालिका–६ बर्मालाल सोग्मीको पाँच सदस्यीय परिवार पनि राति खसेको पहिरोमा परेर बेपत्ता भएको छ। पहिरोका कारण सम्पर्कविहीन बनेका उनीहरूको खोजी कार्य बिहानैदेखि सुरु गरिएको छ। इलामको मांसेबुंग गाउँपालिका–१ मा आएको बाढीले एउटा पुल समेत बगाएको छ। सो क्षेत्रमा पनि पहिरोले पुर्दा ५ जना बेपत्ता भएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय इलामले दिएको छ।

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङ निवासी कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मृतक र बेपत्ताको आधिकारिक विवरण संकलन भइरहेको छ।

बिहानबाट वर्षा रोकिएपछि उद्धार कार्य तीव्र पारिएको र स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले संयुक्त रूपमा खोजी र उद्धार कार्य गरिरहेको इलाम प्रहरीका प्रमुख कोइरालाले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.