भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अवैध लत्ताकपडासहित दुई पक्राउ

अवैध लत्ताकपडासहित दुई पक्राउ

काठमाडौं । प्रहरीले १ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई मकवानपुरबाट पक्राउ गरेको छ ।

प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा उक्त मूल्य बराबरका अवैध लत्ताकपडा बरामद गरेको हो ।

सुनसरीबाट काठमाण्डौ आँउदै गरेको उक्त ट्रकमा आलूको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडा ल्याइएको थियो । २ सय ५६ बोरा आलू भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरी उपरिक्षक रिजालले बताए ।

ट्रकका चालक भारत, बिहार मोतिहारी, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सोही स्थानका सहचालक बर्ष १९ का मुना मियालाई पक्राउ गरेको हो । भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.