भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भाइबर बन्यो नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल

भाइबर बन्यो नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल

काठमाडौं । नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा सूचीकृत भएको हो । “निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,” भाइबरले नेपालका लागि तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रियामा सामेल भएको भएका हुन ।

भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइले जनाएको छ ।

नेपालमा सूचीकरण भएको भाइबर सन् २०१० मा इजरायलमा स्थापना भई साइप्रसमा दर्ता भएको कम्पनी हो। पछि सन् २०१४ माजापानी कम्पनी राकुटेनले खरिद गरेर राकुटेन भाइबरका रूपमा सञ्चालन भइरहेको छ।

भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियाले गति लिने इकाइले जनाएको छ । स्न्यापच्याट, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.