काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्। आज काठमाडौंमा देवशंकर पौडेलेको ‘लिखुसँग आत्मसमर्पण’ विमोचन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए। देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने उनको भनाइ छ । उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याउन जरुरी रहेको बताए।
