भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

महोत्तरी, २ असार। मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैँसीपालन गरेका छन् ।

मधेस प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान करिडोर कार्यालयको छ । आयोजनाले मधेसका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ स्थानीय तहलाई समेटेको छ । यी स्थानीय तहमा पाँच हजार भन्दा बढी किसान १७९ समूहमा आबद्ध छन् ।

यी समूहमध्ये व्यावसायिक कार्य योजना बनाएका ११० वटा समूह अनुदान प्रक्रियामा छनोट भएका छन् । हाल ११० समूहमध्ये ५८ वटा समूहलाई व्यावसायिक कार्य योजनाअनुसार अनुदानको पहिलो किस्ता उपलब्ध गराइएको छ । यीमध्ये ५० समूहमा आबद्ध किसानले भैँसीपालनको योजना बनाएको कार्यालयले जनाएको छ ।

“हामीले दूध, मासु र अन्य सागसब्जी उत्पादनका योजनालाई प्राथमिकता दिन्छौँ, यसअनुसार अहिले ५० समूहका किसानले दुधालु जातका मुर्रा भैँसीपालनको योजना अघि बढाएका छन्”, आयोजना प्रमुख राजेश साहले भने, “यसले मधेसलाई दूधमा आत्मनिर्भर बनाउने हाम्रो अपेक्षा छ ।” यसैगरी मासु उत्पादन प्रयोजनका व्यावसायिक कार्य योजना अघि बढेको उनको भनाइ छ ।

दूधको बजार सुनिश्चित गरी क्रेतासँग सम्झौतापश्चात् भैँसीपालनको व्यावसायिक कार्य योजना अघि बढेका छन् । भैँसीपालनको कार्य योजना बनाएका समूहका किसानले प्राविधिकको प्रत्यक्ष रेखदेखमा गोठ बनाएका छन् । मुर्रा जातका एउटा भैँसीले कम्तीमा दैनिक २५ लिटरसम्म दूध दिने गरेको छ । “हामीले पहिले नै दूधको बजार, खरिदकर्ता र मूल्यबारे सहमति गरिसकेका छौँ”, सिरहाका किसान दिनेश साहले भने, “दूधले बजार नपाउला कि भन्ने चिन्ता छैन, हामी ढुक्कसाथ काममा जुट्न पाएका छौँ ।”

किसान समूह सबैभन्दा बढी रौतहटमा २४ वटा छन् । एक समूहमा १५ देखि ५० सम्म किसान आबद्ध छन् । यी समूहमा एक हजार ४०० माथि आबद्ध किसान छन् । हाल ती किसानले पालेका भैँसीबाट दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ । एक किसानले औसतमा मासिक आम्दानी रु २४ हजार आम्दानी लिने गरेका छन् । आयोजनाले प्रत्येक कार्ययोजनाको कूल लागतमा ४५ प्रतिशत अनुदान दिने र ५५ प्रतिशत समूहले व्यहोर्ने व्यवस्था छ ।

आयोजनाले यसअघि समूहमा आबद्ध किसानलाई पशुपक्षीसम्बन्धी सेवा दिन अत्याधुनिक सुविधासहितका ३५ वटा एकीकृत सेवा केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याएको छ । यी सेवा केन्द्र आयोजनाले रु ९१ करोडमा निर्माण गरिएको हो । यी सेवा केन्द्रबाट माटो परीक्षण, प्राङ्गारिक खेतीका लागि प्रयोगशाला, पशुको गोबर जाँच, उपचार र पशुपक्षीपालनका किसानलाई प्राविधिक सल्लाह सेवा प्रदान गरिँदै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.