काठमाडौँ, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलस्थित Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ पोका ब्रान्डेड सनग्लास, लेडिज टप्स लगायतका सामानमा अनियमितता उजागर भएको छ। प्रज्ञापन फारममा गलत विवरण दिइएको र सामान जासपस गरिएको खुलेपछि यस विषयमा छानबिनको माग उठेको छ।
भन्सार विभागले सो सामान पुन: रिचेक गर्न निर्देशन दिएको भए पनि झन्डै ७० दिनसम्म सामानको भौतिक परीक्षण नगरी भन्सार एजेन्ट र कर्मचारीबीच मिलेमतो गरेर मनमानी मूल्यांकन गरी सामान छाड्ने तयारी भएको सूचना बाहिर आएको छ।
सामानको रिचेकका लागि खटिएका भन्सार अधिकृतहरुले यो काम गर्न नसकेको र पछि थप कर्मचारी परिवर्तन गरी खटाइएको थियो। तर पुनः चेक गर्दा ६९ पोका मात्रै भेटिएको र बाँकी ३ पोका सामान गोदाममा लुकाइएको फेला परेको छ।
गोदामबाट बाहिर निकालेको कागजपत्रमा ७४ पोका सामान १९ चैत्र २०८१ मा बाहिर गएको देखाइएको भए पनि पुनः २८ जेठ २०८२ मा गोदाममा भित्र्याएर सोही दिन पुनः बाहिर निकालिएको देखिन्छ। शाखा प्रमुखले यो कागजपत्रमा हस्ताक्षर गरेकाे देखिन्छ ।
यसअघि पनि सो कम्पनीले यस्तै तरिकाले सामान गायब गरी करोडौं राजस्व छली गरेको पाइएको छ। सूत्र अनुसार यो कार्यमा भन्सार कार्यालयको पारबहन गोदाम र भन्सार एजेन्ट संघले समेत भित्री सहयोग गरेको आशंका गरिएको छ। राजस्व संकलन गर्ने निकाय नै राजस्व छलीमा संलग्न भएकोले यस विषयमा कडा छानबिन र कारबाही आवश्यक रहेको विज्ञहरुले बताएका छन्।
मुख्य प्रश्नहरू:
१. रिचेक पर्ने सामान झन्डै ७० दिनसम्म किन जाँचिएन?
२. रिचेकका लागि बारम्बार कर्मचारी परिवर्तन किन गरियो?
३. गोदामबाट सामान बारम्बार किन एक ठाउँबाट अर्को ठाउँ सारियो?
४. ७४ पोका सामानमा तीन पोका मात्र किन गोदामले Restore गरेर बिल गर्यो? यस विषयमा अनुसन्धान र स्पष्ट उत्तर नआएसम्म पैरवी जारी राख्नुपर्ने माग रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था जारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन गर्दै चेक...
काठमाडौँ, २७ असार । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले गम्भीर संकट निम्त्याउन थालेको छ। पछिल्ला घटनाक्रमहरूले हिमताल विस्फोट (GLOF: Glacial Lake Outburst Flood) को जोखिम थप बढेको देखिएको...
झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार...
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...