DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक हजार रुपैयाँ घुस लिएको आरोपमा ४१ रात हिरासतमा, हिरासतबाट फर्किएपछि मृत्यु रोजे


  • भाद्र २८, २०७७
  • 549 Views
एक हजार रुपैयाँ घुस लिएको आरोपमा ४१ रात हिरासतमा, हिरासतबाट फर्किएपछि मृत्यु रोजे image

काठमाडौं । अख्तियारले सीसीटीभी फुटेजका भरमा एक हजार रूपैयाँ घूस लिएको आरोप लगाएर रामहरि सुवेदीलाई ४१ रातसम्म हिरासतमा राख्यो । हिरासतबाट फर्किएको सातौं दिन उनले मृत्युको बाटो रोजे । गत असार ३० गते विशेष अदालतबाट सफाइ पाउँदा उनले यो संसार छाडेको १० महिना भएको थियो । दसैं नजिकिँदै थियो, सीता सुवेदीलाई बैंकमा पैसा निकाल्न जानुपर्ने थियो ।

पति रामहरि सुवेदीलाई ‘सँगै जाऔं’ भनिन् । रामहरिलाई जान मन लागेनछ । यत्ति भने, ‘तिमी जाऊ, म घरमै बस्छु, एकैछिन त हो ।’ सीताले कर गरिनन्, छोराछोरी परीक्षा दिन गएका थिए । पतिलाई एक्लै छाडेर बैंक गइन्, पैसा झिकिन् । दुई घण्टामा घर फर्किन्, ढोका खोलेकी मात्र के थिइन्, उनी थरथर कामिन्, डाँको छाडेर रुन थालिन्, पति मृत अवस्थामा थिए । रामहरिले आत्महत्या गरेछन् ।

गत साल असोज ६ गतेको घटना हो यो । त्यो पल सम्झँदा अहिले पनि सीताको मुटु बेतोडले धड्कन्छ, आँखा भरिन्छन् । सीतालाई छाडेर जाँदा रामहरि ४५ वर्ष पुग्दै थिए । रामहरिसँगै यो जोडीले सँगालेका स्वर्णिम सपनाहरू पनि गए । निःसन्देह रामहरिको आत्महत्या थियो त्यो । तर घटनाक्रम केलाउँदा त्यो आत्महत्या मात्र थिएन । सीताकै भनाइमा रामहरिलाई आत्महत्या गर्न बाध्य बनाइयो । अनाहकमा आफूमाथि बज्रपात आइलागेपछि उनले सहन सकेनन् । त्यसैले उनले आफैंलाई सिध्याए ।
०००
२०७५ माघताका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले अब सार्वजनिक निकायमा ‘इन्टेलिजेन्समार्फत निगरानी हुने र भ्रष्टाचारी समाउने’ भनेर भाषण गर्न थालेका थिए । २०७५ चैत २७ गतेदेखि कलंकीस्थित मालपोत कार्यालयमा टोली परिचालन गरिएको थियो । डीएसपी यादवराज उप्रेतीले खाजा घरमा गोप्य क्यामेरा फिट गरेर त्यहाँ निगरानी गरिरहेका थिए ।

२०७५ पुस १५ गतेदेखि कलंकी मालपोत कार्यालयमा काम गरिरहेका खरिदार रामहरि सुवेदी नियमितजसो खाजा खान कार्यालयबाहिर निस्कन्थे । २०७६ साउन २२ गते उनले त्यसै गरे । उनको साथमा अर्का सेवाग्राही कृष्णप्रसाद घिमिरे पनि थिए । घिमिरेले सुवेदीको खल्तीमा पैसा हालिदिएको अख्तियारको आरोप थियो । अख्तियारले दुवै जनालाई पक्राउ गर्‍यो र आफ्नो हिरासत कक्षमा राख्यो । अख्तियारभित्र गएर घिमिरेले गरेको बयानमा त्यो रकम घूस हो ।

तर उनले अख्तियारमा दबाबमा बयान दिनुपरेको भन्दै विशेष अदालतमा आरोप अस्वीकार गरे । ४१ रात अख्तियारको हिरासतमा बसेर घर फर्किएको सातौं दिनमा रामहरिले मृत्युको बाटो रोजेका थिए । उनी कलंकी मालपोत कार्यालयमा नौलो थिए । कार्यालयको सीसीटीभीमा सेवाग्राही घिमिरेसँग एक हजार रुपैयाँ घूस लिएको देखिएको भन्दै अख्तियारले हिरासतमा लिएको थियो । मुद्दा चलाएको रात पनि अख्तियारमा बिताएर भदौ ३१ गते उनी धरौटीमा रिहा भएका थिए ।

अख्तियारमा सेवाग्राही घिमिरेले ‘छिटो काम गरिदिएबापत खाजा खान ५ सय रुपैयाँ दिएको’ भनी प्रतिक्रिया दिएका छन् । अख्तियारले कलंकीका प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीलाई बोलाएर भिडियो फुटेजको सनाखत गराएको थियो । भण्डारीले फुटेजमा देखिएको व्यक्ति रामहरि सुवेदी भनी सनाखत गरिदिए ।

त्यति मात्रै होइन, देख्दै नदेखेको घटनामा साक्षी बनाई अख्तियारले उनलाई विशेष अदालतमा उभ्यायो । भण्डारी पनि साक्षी बन्न विवश थिए, नभए उनैमाथि मुद्दा चल्नेवाला थियो । अख्तियारका अनुसन्धान अधिकृत प्रवीण पोखरेलले ‘घूस लिएको रकम थोरै भए पनि आरोपितहरूकै बयानबाट खुलमखुला घूस लिएको–दिएको देखिएको’ भन्दै विशेष अदालतमा मुद्दा चलायो । कान्तिपुरबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.