भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रेडमार्क विवादमा उद्योग विभागको सक्रियता

ट्रेडमार्क विवादमा उद्योग विभागको सक्रियता

काठमाडौँ, ४ फागुन । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड)सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीमाथि उद्योग विभागले सक्रियता बढाएको छ ।

विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो । यसअघि विभागले सम्बन्धित उद्योगहरूको ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाएको भए पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको तथा म्याद तामेली प्रतिवेदन समेत नआएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक सात दिनभित्र विभागको कानुन शाखामा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुन सूचित गरिन्छ ।”

तोकिएको समयसीमाभित्र प्रतिक्रिया नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने र पछि कुनै उजुरी सुन्ने अवस्था नहुने चेतावनी समेत विभागले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.