भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिए

इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिए

एजेन्सी, ४ चैत्र । मध्यपूर्वमा जारी युद्धबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । तेहरानमा मङ्गलवार राति भएको आक्रमणमा लारिजानीका छोरासहित सुरक्षाकर्मीहरू पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो । अब इरानले पनि उक्त दाबीलाई आधिकारिक रूपमा स्वीकार गरेको छ । इरानको सुरक्षा तथा राजनीतिक संरचनामा प्रभावशाली मानिएका लारिजानीको मृत्यु देशका लागि ठूलो क्षति भएको विश्लेषकहरूको भनाइ छ ।

युद्धले जटिल मोड लिँदै गर्दा अमेरिका–इजरायल र इरानबीचको संघर्ष १८औँ दिनमा प्रवेश गरेको छ । इजरायलले लेबनानको टायर शहरमा नयाँ विस्थापन आदेश जारी गरेपछि हजारौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन् ।

निरन्तर बमबारीका कारण लेबनानमा ठूलो जनधनको क्षति भएको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले यस्ता आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा लिन सकिने चेतावनी दिएको छ ।

यता होर्मुज जलमार्ग क्षेत्रमा पनि तनाव बढ्दै गएको छ । इरानले ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा अवरोध गरेपछि विश्वको २० प्रतिशतभन्दा बढी तेल तथा प्राकृतिक ग्यासको आपूर्ति प्रभावित भएको छ । यसका कारण अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य बढ्ने दबाब सिर्जना भएको छ ।

 


Thali Mobile Pvt.Ltd.