भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय

खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय

काठमाण्डौ, ४ फागुन । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यस निर्णयसँगै बिदामा नेपाल आएका नेपाली श्रमिकलाई पुनः रोजगारदाता देशमा फर्किने बाटो खुलेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित युद्ध र अस्थिर अवस्थाका कारण सरकारले फागुन १७ गतेदेखि ती देशका लागि श्रम नवीकरण प्रक्रिया रोकेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो सुरक्षा अवस्था र जोखिम मूल्याङ्कनपछि पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको हो ।

यद्यपि इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपाली श्रमिकलाई भने श्रम नवीकरण नदिने निर्णय यथावत् राखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ नेपालीलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो ।

तीमध्ये ४८ हजार २ सय २६ जनाले मध्यपूर्वका १२ देशमा जाने अनुमति लिएका थिए । नेपाली श्रमिकका प्रमुख गन्तव्य देशमध्ये कुवेत, यूएई, साउदी अरब र कतार प्रमुख रहेका छन् ।

गएको फागुन महिनामा विभागले नयाँ र पुरानो गरी ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ । सरकारले मध्यपूर्वका तनावग्रस्त देशमा अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न समेत नागरिकलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.