भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुद कार्यक्रम गर्न रोक

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुद कार्यक्रम गर्न रोक

मुख्य बुँदा

टुँडिखेलको दक्षिण भागमा घाँसे मैदान निर्माण सुरु हुने

चैत ८ देखि निर्माण कार्य प्रारम्भ

सभा–समारोह, खेलकुद तथा सार्वजनिक कार्यक्रम प्रभावित

निर्माण सम्पन्न नहुँदासम्म वैकल्पिक व्यवस्था गर्न महानगरको आग्रह

आर्थिक वर्ष २०८२–८३ को बजेटअन्तर्गत योजना कार्यान्वयन

काठमाडौँ, ४ फागुन । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत उक्त स्थानमा घाँसे मैदान निर्माण गर्न लागिएको जनाइएको छ । निर्माण कार्य सुरु भएसँगै सो क्षेत्रमा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रम प्रभावित हुने महानगरले जनाएको छ ।

महानगरद्वारा जारी सूचनामा निर्माण कार्य सम्पन्न नभएसम्मका लागि सो स्थानमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरू स्थगित रहने उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, “उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रम अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्म वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिन्छ ।”

निर्माण अवधिभर सो क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न नपाइने भएपछि महानगरपालिकाले सम्बन्धित सरोकारवालालाई अन्य विकल्प खोज्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.