भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुद कार्यक्रम गर्न रोक

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुद कार्यक्रम गर्न रोक

मुख्य बुँदा

टुँडिखेलको दक्षिण भागमा घाँसे मैदान निर्माण सुरु हुने

चैत ८ देखि निर्माण कार्य प्रारम्भ

सभा–समारोह, खेलकुद तथा सार्वजनिक कार्यक्रम प्रभावित

निर्माण सम्पन्न नहुँदासम्म वैकल्पिक व्यवस्था गर्न महानगरको आग्रह

आर्थिक वर्ष २०८२–८३ को बजेटअन्तर्गत योजना कार्यान्वयन

काठमाडौँ, ४ फागुन । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत उक्त स्थानमा घाँसे मैदान निर्माण गर्न लागिएको जनाइएको छ । निर्माण कार्य सुरु भएसँगै सो क्षेत्रमा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रम प्रभावित हुने महानगरले जनाएको छ ।

महानगरद्वारा जारी सूचनामा निर्माण कार्य सम्पन्न नभएसम्मका लागि सो स्थानमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरू स्थगित रहने उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, “उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रम अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्म वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिन्छ ।”

निर्माण अवधिभर सो क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न नपाइने भएपछि महानगरपालिकाले सम्बन्धित सरोकारवालालाई अन्य विकल्प खोज्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.