DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोनाले गर्भवतीलाई थप पीडा


  • भाद्र २८, २०७७
  • 456 Views
कोरोनाले गर्भवतीलाई थप पीडा image

काठमाडौँ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो ।

सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उहाँ डिस्चार्ज हुनुभएको थियो । त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उहाँको मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो । उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्नुहुन्छ । उहाँ गर्भवती भएको सात महिना पुग्यो । उहाँले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गर्नुभयो । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उहाँले सिभिल अस्पतालमा फोन गर्नुभयो ।

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गर्नुभयो तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गर्नुभयो । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह जानुभयो । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उहाँको गर्भ खेर गयो ।

यस्तै जोरपाटीमा बस्नुभएका रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाउनुभएन । उहाँलाई गाह्रो भइसकेको थियो । उहाँले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गर्नुभएको थियो । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उहाँले कोठामै बच्चा जन्माउनुभयो । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् । गोरखा पत्रबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.